निगमद्वारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट



काठमाडौं, (नेस)। नेपाल वायु सेवा निगमले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको भाडामा आधा छुटको घोषणा गरेको छ।

निगमले बुधबारदेखि नै ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको निगमले जनाएको छ।

निगमको निर्णयअनुसार, अब जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफ्ना कार्यक्रम सार्वजनिक गर्ने क्रममा ज्येष्ठ नागरिकको हवाई उडानमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री भट्टराईको सो घोषणा बुधबारबाट कार्यान्वयनमा आएको हो।

प्रतिक्रिया दिनुहोस्