पत्रकार सम्मेलनमाथि रोक



नयाँ दिल्ली, (एजेन्सी)।भारत प्रशासित काश्मिरका पृथक्तावादी नेता सैयद अली शाह गिलानीले पत्रकारलाई एक इमेलमार्फत पत्रकार सम्मेलनका लागि बुधबार आफ्नो आवासमा आमन्त्रित गरेका थिए।राज्यमा करिब डेढ महिनादेखि जारी स्थिति बीच पहिलोपटक उनले पत्रकारहरुलाई सम्मेलनमा बोलाएका थिए।

यद्यपि उनको आवासमा पुगेका पत्रकार र च्यानलका क्यामरामेनलाई पहिल्यै त्यहाँ उपस्थित प्रहरी र सीआरपीएफका जवानले उनीहरुलाई भित्र जान अनुमति दिएनन्। प्रहरी र सीआरपीएफका जवानहरु पहिलेदेखि दुई गाडीमा त्यहाँ तैनाथ थिए। पत्रकारहरुको जमघटले भेला हुन नपाउने कानुनको उल्लंघन हुने प्रहरीले बताए।

 

प्रतिक्रिया दिनुहोस्