विप्लवका पर्वत जिल्ला इन्चार्ज अल्बर्ट नेकपामा प्रवेश



पर्वत, (नेस)।नेकपा नेत्रविक्रम चन्द समूहका पर्वत जिल्ला इन्र्चाज भीमबहादुर मल्ल(अल्र्बट) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। नेकपाको केन्द्रीय कार्यालय काठमाडांैमा आयोजित एक कार्यक्रमका बीच मल्ल नेकपामा प्रवेश गरेका हुन्।

नेकपाका महासचिव विष्णु पौडेलले अल्र्बटलाई टीका तथा खादा लगाएर नेकपामा स्वागत गर्नुभयो। मल्लले पर्वत जिल्लामा विप्लव समूहको लामो समयसम्म सेक्रेटरी र इन्र्चाज भएर काम गर्नुभएको थियो।

छिमेकी बागलुङको जैमिनी नगरपालिकाका बासिन्दा मल्ल यसअघि पटकपटक प्रहरीबाट प्रकाउ परी रिहासमेत हुनुभएको थियो।मल्लले सशस्त्र आन्दोलनले नेपालमा राजनीतिक परिर्वतन असम्भव भएको र शान्तिपूर्ण आन्दोलनबाटै समाजवादमा पुग्न सकिने भएकाले विप्लव समूह परित्याग गरेको बताउनुभयो।

उहाँले विप्लव समूहको आन्दोलनबाट देश र जनताको मुक्ति असंभब भएका ठहर गरेर धेरै नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको र नेकपाले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास पनि व्यक्त गर्नुभयो।

मल्ललाई स्वागत गर्दै नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकिकृत गरेर अबको ५० वर्ष कम्युनिस्ट पार्टीले नै शासन सत्ता सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो।

उहाँले कम्युनिस्ट पार्टीको सरकारका लोकप्रिय कार्यक्रमबाट अत्तालिएर प्रोपोगाण्डा फैलाउने प्रयास भएको भन्दै त्यसका बिरुद्ध डटेर लड्न कार्यकर्तालाई निर्देशन दिनुभयो।

उक्त अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा पर्वत इन्र्चाज गुप्तबहादुर हमाल ठकुरीले कम्युनिस्ट पार्टीहरुको एकताबाट मात्रै समाजवादको लक्ष्य हासिल हुन सक्ने भएकाले बाटो बिराएका सबै नेता कार्यकर्तालाई मूलधारमा फर्कन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्