ट्रम्पलाई किमको निमन्त्रणा



वासिङ्टन, (एजेन्सी)।उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत अगस्टमा पत्र लेखेर प्योङयाङ आउन निमन्त्रणा दिएको दक्षिण कोरियाका सञ्चार माध्यमहरुले सोमबार दावी गरेका छन्।ट्रम्पले सेप्टेम्बर १३ मा अहिले नै उत्तर कोरिया जाने सही समय नभएको बताएको समाचारमा जनाएको छ।

किमले लेखेको तीन पृष्ठको पत्र ट्रम्पले अगस्ट ९ मा प्राप्त गरेका थिए। यसलाई लिएर ट्रम्पले किममा अत्यन्त राम्रो पत्र आफूले प्राप्त गरेको बताएका थिए। पछिल्लो पटक दक्षिण कोरियाको गैरसैनिक क्षेत्रमा भएको वार्तामा ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका थिए।

प्रतिक्रिया दिनुहोस्