राप्रपा संयुक्तले दल दर्ता गरायो



काठमाडौं, (नेस)।राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी गराएअनुसार, मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनको सन्दर्भमा राप्रपा (संयुक्त) ले दल दर्ता गराएको हो।

सो दलले निर्वाचन आयोगमा भाद्र ३० गते दल दर्ता प्रक्रिया सम्पन्न गरेको हो।राप्रपा (संयुक्त) सम्बद्र्धनवादी उदारवाद, लोककल्याणकारी व्यवस्था, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षपाति पार्टी हो।

संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति सो पार्टी प्रतिबद्ध छ।

प्रतिक्रिया दिनुहोस्