संघीय संसद् भवनको शिलान्यास



नेपाल समाचारपत्र, काठमाडौं। सरकारले सिंहदरबार स्थित पुलली बगैंचामा संघीय संसद भवन निर्माणको काम अगाडि बढाएको छ। भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो।

सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियता पूर्वक लागेको बताउँदै सरकारले भ्रष्टचारको विरुद्ध तीन वर्ष विशेष अभियान सञ्चालन गर्ने बताउनुभयो। भ्रष्टचारीलाई तीव्रताको साथ कारबाही गरेका छौं, अब सबैको ध्यान विकास र सुशासनतर्फ जानुपर्छ, उहाँले भन्नुभयो।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संसद् भवनको डिजाइन अत्याधुनिक प्रविधिबाट गरिएको छ। २०५५ सालमा नै संसद् भवन निर्माण गर्ने घोषणा गरे पनि २१ वर्षपछि पुतली बगैंचामा सरकारले ठाउँ छनोट गरेर निर्माणको काम अगाडि बढाएको हो।

दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन प्रधानमन्त्री ओलीले दुई वर्षभित्र संसद् भवन निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभएको थियो। जग्गा प्राप्ति र डिजानको कारणले डेढ वर्षपछि निर्माण कार्य अगाडि बढेको छ।

शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तयाक राईले तीन वर्षभित्रै संघीय संसद् भवनको निर्माण सम्पन्न गर्ने बताउनुभयो।

प्रधानमन्त्रीको निर्देशनबमोजिम काम गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले नेपालीको शिर ठाडो पार्ने गरी संसद् भवन निर्माण कार्य अगाडि बढेको बताउनुभयो।

‘तीन वर्षअघि नै निर्माण सम्पन्न गरेर प्रधानमन्त्रीबाटै उद्घाटन हुन्छ, यो नेपालकै ठूलो सरकारी भवन हो,’ मन्त्री राईले भन्नुभयो।

उक्त कार्यक्रममा शहरी विकास सचिव मधुसुदन अधिकारीले निर्धारित समयभित्र नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले आधुनिक र प्रविधिको प्रयोग गरेर संसद् भवननिर्माण हुन लागेको बताउनुभयो।

उहाँले सुरक्षा संवेदशिलतालाई ध्यान दिएर डिजाइन गरिएको बताउँदै उहाँले समयसीमाभित्र सम्पन्न गर्न अथक प्रयास हुने बताउनुभयो।

प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा निर्माण हुन लागेको संघीय संसद् भवनको शिलान्यास गर्दै तोकिएको समयसीमाभित्र भवन निर्माण गर्न निर्देशन दिनुभयो।

उहाँले समयभित्र नै निर्माण हुने प्रचलन रहेको बताउँदै निर्माण कार्यमा विलम्ब नगर्न निर्देशन दिनुभएको हो।
संसदीय प्रणालीको राजनीति गरे पनि संसद् बस्ने ठाउँ नभएकोे स्थिति अब अन्त्य भएको बताउँदै प्रधानमन्त्री ओलीले गुणस्तरीयतामा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो।

‘संसद् भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठूलाठूला निर्णय हुने छन्, यस भवनबाट धेरै सक्षम सरकार बन्नेछन्’, उहाँले भन्नुभयो– ‘तीन वर्षभित्र भ्रष्टचार नियन्त्रण गर्ने अभियान चलाइने छ, नयाँ संसद् भवनमा भ्रष्टचारको बारेमा छलफल नै गर्न नपरोस्।’

हामी भ्रष्टाचार विरोधी अभियान यसरी चलाउँछौं कि यो संसद्मा त्यस विषयमा बहस नै गर्नु नपरोस्, उहाँले भन्नुभयो। प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढिसकेको बताउँदै डेढ वर्षमा गरेका कामको परिणाम देखिन थालेको दाबी गर्नुभयो।

अमलेखगन्ज मोतीहारी पाइप लाइनबाट इन्धन ल्याउने काम सम्पन्न भइसकेको बताउँदै मजाको विषय बनाइए पनि पानी जहाज सञ्चालनको प्रक्रिया पनि अगाडि बढिसकेको बताउनुभयो।

सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियता पूर्वक लागेको बताउँदै सरकारले भ्रष्टचारको विरुद्ध तीन वर्ष विशेष अभियान सञ्चालन गर्ने बताउनुभयो।

भ्रष्टचारीलाई तीव्रताको साथ कारबाही गरेका छौं, अब सबैको ध्यान विकास र सुशासनतर्फ जानुपर्छ, उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि कतैबाट खतरा आए सरकार सहेर नबस्ने बताउँदै भन्नुभया– ‘लोकतन्त्रमाथि खतरा आए सरकार सहेर बस्दैन।

संविधानअनुसार जनताको बलिदानी खेर जान नदिन हामी सजग छौं।’ बघिनी डमरुमाथि खतरा नहुँदासम्म शान्त हुन्छ, जब डमरुमाथि खतरा हुन्छ, तब चुप बस्दैन, उहाँले भन्नुभयो– ‘लोकतन्त्रमाथि खतरा आए सरकार चुप लागेर बस्दैन।’

सरकार गठन भएको डेढ वर्ष बितिसक्दासमेत अझै गति लिन नसकेको भन्दै आलोचनालाई आपूmहरूले आत्मसाथ गर्दै तीव्र गतिमा अगाडि बढ्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

‘देश विकासमा चाहेको गतिलिन सकिएको छैन, अझ गतिका साथ अगाडि बढ्न सरकार लागी परेको छ,’ –प्रधानमन्त्री ओलीले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्