विवाहित सुन्दरीका चाहना मिसेस इन्टरनेसल जित्ने सपना



रश्मी थापा

लैंगिक असमानताविरुद्धको अभियान भन्ने मूल नाराका साथ पर्सि शनिबार राजधानीमा हुन लागिरहेको मिसेस नेपाल इन्टरनेसनल २०१९ का प्रतिस्पर्धीहरू उत्साहित देखिएका छन्।

कन्टेस्टेन्ट नम्बर २ भाविषा कोइराला चटौत विभिन्न प्रोजेक्टमा आबद्ध भएर सामाजिक काम गरिरहेकी छिन्। २९ वर्षीया उनले घरमा लैंगिक विभेदको सामना गर्न नपरे पनि समाजमा रहेको यो प्रथाले आफूलाई प्रभावित पारेको हुँदा पनि मिसेस नेपालमा स्पर्धा गरेर यस क्षेत्रमा केही गर्ने योजना रहेको बताइन्।

‘मैले जेन्डर स्टडीमा मास्टर गरेको छु। अझै पनि हाम्रो समाजमा छोरा र छोरीबीच भेदभाव कायमै छ। जुन देख्दा नराम्रँे लाग्छ र आफ्ना तर्फबाट केही गरौं जस्तो लाग्छ।

त्यस कारण मिसेस नेपालको प्लेटफर्ममार्फत मानिसहरूलाई सचेत गराएर केही चेन्ज ल्याउन सक्छु कि भन्ने हिसाबले यहाँ आएकी हुँ’, मिसेस नेपाल इन्टरनेसनलको उपाधि जित्नका लागि आफ्ना तर्फबाट राम्रो मेहनत गरिरहेकी भाविषा भन्छिन्– ‘तर दिनदिनै जसलाई हेर्छु, उसैले जित्छ जस्तो लाग्छ।’

कन्टेस्टेन्ट नम्बर ४ रंगीना लाइकंबम पेसाले डक्टर हुन्। लैंगिक समानता भन्ने नाराबाट आकर्षित भएर मिसेस नेपालमा भाग लिन आएको बताउने स्त्री रोग विशषज्ञ डा. रंगीना भन्छिन्– ‘हस्पिटलमा मसँग जचाउन आउने अधिकांश महिला मेरो बच्चाको स्वास्थ्य कस्तो छ भनेर कमै भन्छन्।

उनीहरू छोरा छ कि छोरी छ भनेर हेर्न आउँछन्। आमाको गर्भदेखि नै गरिने लैंगिक विभेद अझै पनि कायम नै छ। तर हामी छोरी भए पनि छोराभन्दा कम छैनौं भन्ने मलाई लाग्छ।

त्यसैले ब्युटी पेजेन्टमा इन्ट्रेस्ट नभए पनि मिसेस नेपालको थिमले टच भएर यसमा भाग लिन आएकी छु।’ उनले थपिन्– ‘मिसेस नेपालको उपाधि आफैले जित्छु भन्ने आत्मविश्वास छ। तर सबैजना बराबर हुनुहुन्छ।’

कन्टेस्टेन्ट नम्बर ३१ सविना चालिसे मिसेस नेपालको टे«निङ सेसनबाट आफूले धेरै कुरा सिकेको बताउँछिन्। ब्युटिसियन र कराते खेलाडीसमेत रहेकी ३० वर्षीया उनी सौन्दर्य प्रतियोगितामा पहिलेदेखि नै रुचि भएकाले भाग लिएको बताउँछिन्। ‘यो क्षेत्रमा आउने पहिलेदेखि नै चाहना थियो।

तर विवाह गरेर बच्चाबच्ची भएपछि घरभित्रै व्यस्त भइयो। विवाहित महिला भए पनि यो क्षेत्रमा आएर मिसेस नेपालको प्लेटफर्मलाई प्रयोग गरेर केही गर्न सकें भने मजस्ता धेरै महिलालाई हौसला मिल्छ।’ –उनी भन्छिन्।

२ सन्तानकी आमा सविनाले घरबाट सासू तथा अन्य सदस्यबाट हौसला पाएका कारण नै यस प्रतियोगितामा भाग लिन सकेको बताइन्।

कन्टेस्टेन्ट नम्बर ५ सरस्वती बुढाथोकी मिसेस नेपालमा भाग लिएपछि आत्मविश्वास अभैm बढ्नुका साथै आफूमा निखार आएको बताउँछिन्।

‘सेल्फ आइडेन्टिटीका लागि मिसेस नेपाल इन्टररनेसनलमा भाग लिएकी हँु।’ –पेसाले नर्स रहेकी सरस्वती यसको ताज पहिरिनका लागि आफ्ना तर्फबाट सक्दो प्रयास गरिरहेको बताउँछिन्।

महेन्द्र नगरकी सुशीला भट्ट हाउस मेकर हुन्। सौन्दर्य प्रतियोगिताहरू मन परे पनि भाग लिने अवसर नपाएकी उनी विवाहपछि चाहिँ परिवारको हौसलाका कारण मिसेस नेपालमा आएको बताउँछिन्।

‘म न्युली म्यारिड हँु। मिसेस नेपाल मेरा लागि राम्रँे प्लेटफर्म हो। साधारण मान्छेले बोलेको कुरालाई त्यति भ्यालु गरिँदैन तर त्यही कुरा विनरले बोल्दा त्यसलाई सिरियसली लिइन्छ’, उनी भन्छिन्– ‘यो कम्पिटिसनमा नजान्ने कोही हुनुहुन्न।

सबैले उत्तिकै मेहनत गरिरहनुभएको छ।’ कन्टेस्टेन्ट नम्बर ३ सानेपाकी सवनम खरेल भन्छिन्– ‘४/५ हप्ताको ट्रेनिङ सेसनको क्रममा बाहिरी सुन्रदरताको साथ भित्री बौद्धिकताका बढिरहेको महसुस भइरहेको छु। यो ताज जितेर नेपालका तर्फबाट विदेशमा भाग लिन पाउनु नै हाम्रा लागि ठूलो कुरा हो।

आफैले जित्नुपर्छ भन्दा पनि अन्तर्राष्ट्रिय पेजेन्टमा गएर नेपालको झण्डा फहराउनु र त्यहाँ आफ्नो प्रस्तुति दिनु नेपालका लागि राम्रो हो।

नेपालका तर्फबाट त्यहाँ जाँदा भिजिट नेपाल २०२० का लागि सपोर्ट हुन्छ र हामीले स्वतः एम्बेसडरका रूपमा काम गरिरहेका हुन्छौं।’

कलंकीकी कन्टेस्टेन्ट नम्बर ७ आश्मा तामाङ प्रतियोगिताको प्रशिक्षणमा बसेपछि डर हराएको बताउँछिन्। ‘पहिले लाज र डर लागेजस्तो हुन्थ्यो, अहिले कम्फिडेन्ट लेभल बढिरहेको छ।

राम्रो कुराहरू सिकीरहेको छौं।’ –काउन्सिलरको रूपमा काम गरिरहेकी उनी विभिन्न संस्थामार्फत सामाजिक कार्यमा संलग्न छिन्।

टिचर आइकनको विजेतासमेत रहेकी कन्टेस्टेन्ट नम्बर २० शिल्पी गुप्ता आफ्नो सानैदेखिको सपना पूरा गर्नका लागि मिसेस नेपालमा भाग लिएको बताउँछिन्।

‘समाजमा केही गरौं भन्ने सोचका साथ यसमा भाग लिएको हुँ।’ –उनले सुनाइन्। २८ वर्षीया उनले मिसेस नेपालको उपाधि जितेमा अन्तर्राष्ट्रियस्तरमा नेपाल चिनाउन सक्दो प्रयास गर्नुका साथै मिसेस नेपालको थिममा आधारित रहेर समाजमा परिवर्तनकारी कार्य गर्ने बताइन्।

आफ्नो करिअर र घर परिवारमा मात्र व्यस्त भएका विवाहित महिलाका लागि मिसेस नेपाल इन्टरनेसनल गतिलो अवसर भएको बताउँछिन् कन्टेस्टेन्ट नम्बर १४ स्नेहा राउत थापा। ‘यो हाम्रा लागि राम्रो प्लेटफर्म हो।

यसको युटिलाइज गरेर आफ्नो देश र समाजका लागि केही गर्न सक्छु कि भन्ने उद्देश्यले यसमा भाग लिएको हुँ।’ –स्नेहाले भनिन्। आफ्ना तर्फबाट सक्दो प्रयास गरिरहेकी स्नेहा उपाधि आफूले जित्छु भन्ने विश्वास रहेको बताउँछिन्।

‘यसबाट देशमा मात्र सीमित नभई विदेशमा पनि आफ्नो प्रतिनिधत्व गरेर आफ्नो क्षमता देखाउन सक्छौं।’ –उनले भनिन्। चितवनकी रोजिना भट्टराई केसी पेसाले दन्त चिकित्सकका साथै लेक्चरर पनि हुन्।

३० वर्षीया कन्टेस्टेन्ट नम्बर १७ रोजिना मिसेस नेपालका लागि निकै मेहनत गरिरहेको बताउँछिन्। ‘म आफ्नो करिअर र पढाइमा मात्र सीमित थिएँ।

बाहिरी दुनियाँका बारेमा केही पनि थाहा थिएन। यस कारण पनि केही गरौं भन्ने उद्देश्यले मिसेस नेपालमा भाग लिएको हुँ।

यदि जितेर बाहिर गएँ भने नेपाललाई चिनाउनका लागि आफ्नो राम्रो तयारी गर्नेछु।’ –रोजिनाको भनाइ छ। प्रतियोगिताका इभेन्ट निर्देशक निशुकान्त झा मिसेस नेपाल इन्टरनेसनलको पाँचौं संस्करण भएकाले यसपालिको प्रतियोगिता अझ भव्यता र सरप्राइजका साथ सम्पन्न गर्ने बताउँछन्।

तस्वीर ः रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्