अंग्रेजी हेल्थ म्यागेजिन विमोचन



काठमाडौं, (नेस)।अंग्रेजी म्यागेजिन ‘मेडिकोज नेक्स्ट’ प्रकाशित भएको छ। पर्ल पब्लिकेसन प्रालि भाटभटेनीद्वारा प्रकाशित सो म्यागेजिन मेडिकल कलेजका प्राध्यापक, चिकित्शा क्षेत्रका विद्यार्थी, स्वास्थ्य सम्बन्धि अनुसन्धानकर्ता, औषधि उत्पादकलगायतलाई उपयोगी सावित हुने उक्त पब्लिकेसनका प्रबन्ध निर्देशक सुशील थापाले बताउनुभयो।

स्वास्थ्यसम्बन्धि नयाँ र विशिष्ट अनुसन्धान, उपचारका प्रविधि र खोज, मेडिकल उपकरण, चिकित्साक्षेत्रका चुनौती र कानुनी उपचारलगायतका विभिन्न ३५ विषयलाई समेटेर सो ८० पृष्ठ लामो म्यागेजिन प्रकाशित गरिएको हो।

मंगलबार साँझ आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सक हेमा· दिक्षित र खगेन्द्रबहादुर श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नरेन्द्र विक्रम थापा, रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकार, माइक्रो बायोलोजिस्ट विष्णुप्रसाद उपाध्याय, म्यागेजिनका सम्पादक अमरबहादुर श्रेष्ठलगायतले सो म्यागेजिनको विमोचन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्