लाङटाङ राष्ट्रिय निकुन्ज स्थापना कालदेखि हालसम्म ५ करोड राजश्व संकलन



सरस्वति न्यौपाने, रसुवा । नेपालको संघिय राजधानी काठमाण्डौबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुन्ज लाङटाङ राष्ट्रिय निकुन्ज स्थापना कालदेखि आर्थिक वर्ष ०७५/०७६ सम्म आइपुग्दा करिव ५ करोड ७२ लाख ९८ हजार ४ सय ३७०४५ राजस्व संकलन गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुन्जको कार्यालय रसुवाको अनुुसार पर्यटन वन पैैदावार वन रोयल्टी सरकारी सम्पतीको बहालबाट प्राप्त आय अन्य प्रशासकिय सेवाशुल्क न्यायिक दण्ड जरिवाना र जाफत, प्रशासनिक दण्ड जरिवाना र जफत बेरुजु मु.अ.क. पर्यटन सेवा शुल्क लगायत भृकुटी मण्डप टिकट काउन्टरबाट संकलित राजस्वबाट यति रकम उठेको हो ।

निकुन्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी शिवलाल गैरेका अनुसार पदयात्राका लागी सगरमाथा राष्ट्रिय निकुन्ज र अन्नपुर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रुपमा परिचित रहेको यस निकुन्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुन्ज भएका कारण वि.स. २०३२ साल चैत्र ९ गते स्थापना भएकाे यो निकुन्ज रसुवा (५७ प्रतिशत) नुवाकोट (७ प्रतिशत) सिन्धुपाल्चोक (३६ प्रतिशत) गरी १७१० वर्ग कि.मि. क्षेत्रमा फैलिएको छ ।

यस निकुन्जको सुरक्षार्थ तै नाथ नेपाली सेना कालिजंग गण रहेको छ । हालसम्म ११ वटा गणले आफ्नो हिउटी निभाइसकेको छ । निकुन्ज अन्तर्गत ३ जिल्ला गरी १७ वटा पोष्टहरु रहेका छन । निकुन्जको प्रभावित क्षेत्रलाई समेटेर २०५५ बैशाख १४ गते ४१८.३० वर्ग कि.मि. निकुन्ज क्षेत्रमा हुने वनपैदावारको चापलाई न्युनिकरण गर्न र निकुन्जको मध्येवर्ति क्षेत्रमा रहेको प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापनका लागी निकुन्ज अन्तरगत २१ वटा मध्येवर्ति क्षेत्र, उपभोक्ता समुहहरु नुवाकोट रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लाका १० वटा गाउँपालिकामा गठन भएका छन ।

नेपालको महत्वपुर्ण पर्यटकिय गन्तव्य स्थलको रुपमा परिचित रहदै आएको यस निकुन्जमा आर्थिक वर्ष २०७५/०७६ मा ३२ हजार ४ सय १७ जना (३२४१७) जना पर्यटकले भ्रमण गरेका छन ।

२०७५ असोज भन्दा अघि निकुन्ज भ्रमणमा आउने नेपालीहरुले निकुन्ज प्रवेश शुल्क बुझाउनुपर्ने व्यवस्था थिएन असोज २९ र २०७५ मा नेपाल राजपत्र अनुसार नेपालीहरुलाई समेत निकुन्ज भ्रमणका लागी प्रवेश शुल्क लिनुपर्ने नियम अनुसार कार्तिक महिना देखि नेपालीहरुलाई शुल्क लिने व्यवस्था गरिएको हो ।

यसरी निकुन्ज भ्रमणमा आउने पर्यटकहरुलाई नेपाली सार्क मुलुकका र विदेशी मुलुकका गरी ३ समुहमा वर्गिकरण गरी मुल्य अभिवृद्धिकर सहित प्रतिव्यक्ती क्रमशः रु १००, रु १५००, र ३००० प्रवेश शुल्क लिने व्यवस्था रहेको छ । लाङटाङ राष्ट्रिय निकुन्ज घुम्न आउने पर्यटकका लागी निकुन्जका कार्यालय (धुन्चे) मैलुङ पोष्ट घोडा तवेला पोष्ट, कुटुमसाङ, (रसुवा नुवाकोटको सिंमाना) शेर्मा थाङ शेर्पा थाङ पोष्ट (सिन्धुपाल्चोक) र तिम्बुसेक्टर(सिन्धुपाल्चो) गरी ६ स्थानबाट प्रबेश अनुमति उपलब्ध गराउने व्यवस्था रहेको छ ।

लाङटाङ राष्ट्रिय निकुन्जको कार्यालयको तथ्याङ्क अनुसार आ.व. २०५४/०५५ देखि २०७५/०७६ सम्म आइपुग्दा (५,७२,९८,४३७.४५) पाँच करोड बहत्तर लाख अन्ठानब्बे हजार चार सय सैतिस रुपैया पैतालिस राजस्व संकलन भएको छ ।

नेपाली सेनको भैरवी दल गण २०४७ साल बाट यस निकुन्ज को सुरक्षार्थ आएको थियो र यस गण सँगै दि. फेगश महेन्द्र दल गण, बर्द बहादुर गण, शम्सेर दल गण, दुर्गा बक्स गण, इन्द्र बक्स गण, अह्रिदमन गण, नारयण दल गण र हाल कालिजंग गणले आफ्नो डिउटी निभाएको छ ।

प्रतिक्रिया दिनुहोस्