लागू औषधसहित दुईजना पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज। पर्साको वीरगन्जबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रौतहट चन्द्रपुर नगरपालिका ४ का १८ बर्षीय रञ्जन परियार र २८ बर्षीय दिपेश राईलाई मंगलबार लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

वीरगन्ज–१६ स्थित वीरगञ्ज भन्सार कार्यालय पछाडी खेतको बाटो हुँदे नेपाल आउँदै गरेका उनीहरुको साथबाट ९र९ थान डाईजोल्याव नोफिन, फेनारगन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्