खोलामा डुबेर एक जनाको मृत्यु



अर्जुन बाेहरा, सिमकोट  । खोलामा नुहाउने क्रममा एकजना युवकको चिप्लिएर मृत्यु भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडा गाउँका २४ वर्षीय टेक बहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको हो ।

घट्ट पिस्न गएको बेला दिउँसो सियाली खोलामा नुहाएर खोलाबाट फर्कने क्रममा खड्काको मृत्यु भएको आफन्त धर्मराज जैशीले बताउनुभयो । मंगलबार १२ बजे खोला डुबेर बेपत्ता भएका मृतक खड्काको लाश खोलामा डुबेको अवस्थामा विहान ११ बजे भेटिएको हो । मृतक खड्काको खोजीमा आफन्त, प्रहरी, गाउँपालिका र स्थानीय परिचालित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्