उपनिर्वाचन मिति नजिकिएसँगै भक्तपुरको राजनैतिक माहौल तात्दै



पुष्कर बुढाथोकी, भक्तपुर । निर्वाचन आयोगले रिक्त स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्न तय गरेको मिति नजिकिएसँगै भक्तपुरको राजनैतिक माहाेल तात्न थालेको छ । ३ नं. प्रदेश अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगु प्रदेश (क) बाट निर्बाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन पश्चात् उक्त स्थान रिक्त रहेको छ ।

२०७५ वैशाख ३१ गते सांसद लामिछानेको मष्तिस्कघातका कारण निधन भएको थियो । उनी तत्कालीन एमालेबाट उम्मेदवार बनेका थिए । यसर्थ नेकपाका लागि यो क्षेत्र पनि प्रतिष्ठासँग जोडिएको विषय भएको छ ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा कुल मतदाता ४३ हजार ५ सय ५२ थिए । तीमध्ये ३२ हजार ८ सय ३८ मत खसेको थियो । यसमा ८ सय ७५ मत बदर भएको थियो । निर्वाचित सांसद लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका निरज लबजूले ७ हजार १९ मत ल्याएर तेस्रो भएका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले ७ सय ८४, विवेकशील साझा पार्टीका काली चरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५ मत ल्याएका थिए । अर्थात् नेकपा र काँग्रेसका उम्मेदवारबीच २ हजार ८ सय मतको फरकमा चुनाव जितेका थिए । यो तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले पनि नेकपाका लागि केही सहज त देखिएला तर एकातिर सरकारप्रति जनताको घट्दो आकर्षण र अर्कातिर काँग्रेस र नेमकिपाले कस्ता उमेदवार खडा गर्छन्, आगामी उपनिर्वाचनमा त्यसले पनि मत परिणाममा प्रभाव पार्ने देखिन्छ ।

रिक्त स्थानको लागि उप निर्वाचन हुने भएपछि प्रदेश सभा सदस्य पदका लागि विभिन्न राजनीतिक दलका तर्फबाट नेताहरूले आफूले टिकट पाउनुपर्ने दाबी गर्न थालेका छन् । प्रदेश सभा सदस्य पदका लागि प्रदेश भित्रबाट जो कोही लड्न पाउने भएपनि दलका स्थानीय नेताहरू टिकट स्थानीयले नै पाउनुपर्ने जिकिर गरेका छन् ।

प्रदेश सभा सदस्यले त्यस्ता ठूला जिम्मेवारी नपाएको गुनासो गरिरहेको बेला पनि अझै लामो समय निर्बाचन नहुने भएपछि आकांक्षी बढेको दलहरू बताउँछन् । नेकपा एमाले र नेकपा माओबादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि प्रदेश सभा सदस्य कसलाई बनाउने भनेर अन्यौलमा परेको छ । पूर्ब एमालेबाट निर्बाचित प्रदेश सभा सदस्य हरिशरण लामीछानेको निधन भएपछि उनकै पत्नीलाई टिकट दिनुपर्ने एकातिर लामीछाने समर्थित कार्यकर्ताको जिकिर रहेको छ ।

लामीछानेकी पत्नी राजनीतिमा खासै चासो नराख्ने भएकोले पार्टिमा योगदान पु¥याएको नेतालाई टिकट दिनुपर्ने अरुले जिकिर गर्दै आईरहेका छन् । यस्तै पुरानालाई पाखा लगाइयो भनेर गुनासो बढी रहँदा नेकपाको पुराना नेता मोहन वीर श्रेष्ठ पनि प्रमुख दाबेदार हुन सक्छन् । यस्तै सम्भु दाहाल ,दामोदर दंगाल,राम बहादुर श्रेष्ठ, श्री भक्त कासीछ्वाँ, रमेश बुढाथोकी को पनि टिकटका लागि दाबेदारी रहेको छ । श्री भक्त र रमेश ब्यबसायी हुन् भने शम्भु कानुन ब्यबसायी ।

शम्भु दाहाल चाँगुनारायण नपाका प्रमुख सोम मिश्रका कानुनी सल्लाहकार का रुपमा छन् । पूर्ब माओबादीबाट प्रदेश सभा सदस्य पदका उमेद्वार डिपी ढकाले हरीशरण लामिछानेलाई छाडेर उमेद्वारी फिर्ता लिएका कारण अहिले उनलाई नै टिकट दिनुपर्ने पूर्ब माओबादीहरूको जिकिर रहेको छ ।

यस्तै नेपाली काँग्रेसमा पनि आकांक्षीहरूको भीड लागेको छ ।नेपाली काँग्रेस भक्तपुरले निर्वाचनका लागि अहिलेदेखि नै भात ृसंगठन तरुण दललाई सक्रिय बनाएको छ । काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्य पदमा पराजित उमेद्वार जीवन खत्रीले पुनः उमेद्वारी दिने बताएका छन् । पहिलो संविधान सभा सदस्य पदमा भक्तपुर क्षेत्र नं १ बाट नारायण मान बिजुक्छेलाई टक्कर दिएका कृष्णलाल भँडेलले पनि उमेद्वारी दाबी गरेसँगै नेपाली काँग्रेस भक्तपुरको आन्तरिक प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुग्ने भएको छ ।

पहिले उमेद्वारी दिई सकेकाले टिकट पाउनु हुन्न नयाँलाई दिनु पर्छ भनेर एकाथरीको जिकिर रहेको छ । अरु आकांक्षीहरूमा जगन्नाथ कार्की, सुरेश श्रेष्ठ, हरि प्रसाद नेपाल, यादब अधिकारी, राजाराम खड्का र किरण न्यौपाने र मनोज थापा रहेका छन् । नेपाली काँग्रेसले निर्बाचनलाई सहयोग गर्न बिना सर्त पार्टिमा सहभागी हुन आब्हान गरेमा यसअसघ पार्टी छाडेका प्रबिन बन र शंकर गौतमको पनि टिकट पाउने सम्भाबना रहेको छ ।

राप्रपा संयुक्तबाट रबिन्द्र प्रताप शाह, रामशरण लामिछानेको उमेद्वारीमा दाबेदारी रहेको छ । राप्रपाबाट माधब खत्री, उत्तम बाटी, राममणी न्यौपाने, श्याम नेपाल लगायतको दाबेदारी रहेको राप्रपाले जनाएको छ । बिबेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानको दाबेदारी रहेको छ । नयाँ पार्टी मौलिक जरोकिलोले पनि उमेद्वार उठाउने भएपछि दिपेश न्यौपाने र बलराम प्रजापतिलाई अघि सारेको छ ।
नेमकिपाले भने आकांक्षी धेरै भएपनि सार्बजनिक नगर्न आग्रह गरेको छ ।

उसले पार्टीमा जथाभावी उम्मेदवारलाई आकांक्षा प्रकट गर्न नदिने गरेको छ ।एकैपटक उम्मेदवार दर्ता गर्दा मात्रै उसको उम्मेदवार सार्वजनिक हुने गर्दछन् ।भक्तपुर प्रदेश सभा १ (क)मा प्रदेशसभा सांसद लामिछानेको निधन पश्चात रिक्त रहेको सो निर्वाचन क्षेत्रमा पनि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्