टाटा मोटर्सका पाटर्सको बुटवलमा आधिकारीक विक्री शुरु



यमलाल भुसाल,बुटवल।टाटा मोटर्सले उत्पादन गरेको पाटर्सहरुको बुटवलमा आधिकारीक विक्री शुरु गरेको छ । बुटवलको मैनावगरमा रहेको मनकामना ईन्टरप्राईजेज र तिलगंगा अटो पाटर्सलाई यसक्षेत्रको आधिकारीक विक्रेता तय गरीएको टाटा मोटर्सले छ । आधिकारीक विक्रेतालाई च्याम्पीयन जोन नामाकरण गरिएको छ ।

नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ् प्रालि मार्फत बुटवलमा विक्रेता चयन गरिएको हो ।तिलोत्तमाको शान्तिचोक नजिकै रहेको द लङ दरवारमा आयोजित कार्यक्रममा टाटा मोटर्सका ईन्टनेशनल विक्री प्रमुख राकेश मित्तलले मनकामना ईन्टरप्राईजेजका राम बहादुर शाही र तिलगंगा अटो पाटर्सका देवलाल पाण्डेलाई आधिकारीक विक्रेता चयन गरेको घोषणा गर्नु भएको हो ।

उहाँले सेवाग्राहीको सन्तुष्टि पुरागर्न र टाटाका गाडीमा टाटाकै पाटर्स प्रयोग गर्नका लागि विक्रेता चयन गरिएको धारणा राख्नु भयो ।कार्यक्रममा सिप्रदीका जनरल म्यानेजर युवराज बुढाथोकीले नेपालमा वार्षिक रुपमा ९ सय करोडको मोटर्स पाटर्स खपत हुन गरेकोमा ६ सय करोड टाटा मोटर्सका पाटर्स विक्री हुने गरेको बताउनु भयो ।

कार्यक्रममा बुटवल यातायात प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठले सर्वसुलभ रुपमा पाटर्स उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्नु भयो । बुटवल अटो एशोसियशनका अध्यक्ष वाबुलाल पाण्डेले चोरी पैठारीले नेपाली अटोव्यवसायी धरासायी भएको भन्दै सोको नियन्त्रण गर्न जरुरी रहेको धारणा राख्नु भयो । कार्यक्रममा आधिकारीक विक्रेता शाही र पाण्डेले टाटा कम्पनीका साना तथा ठुला गाडीका पाटर्सका लागि अव अन्त जानु नपर्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्