सर्वाधिक हेरिएको विश्वकप



लन्डन, (एजेन्सी)।इंग्ल्यान्डमा हालै सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट अहिलेसम्म सबैभन्दा बढी प्रत्यक्षरूपमा हेरेको आईसीसीको प्रतियोगिता बनेको छ।

यो प्रत्यक्षरूपमा करिब १.६ अर्बले हेरेको जनाएको छ। यो विश्वकपमा अघिल्लो विश्वकप २०१५ मा भन्दा ३८ प्रतिशतले दर्शक बढेका छन्। अस्टे«लिया र न्युजिल्यान्डमा सम्पन्न विश्वकप १.१६ अर्बले हेरेका थिए।

यसपटक ७०.६ करोड युनिक ब्रोडकास्ट दर्शकले संसारभरिमा प्रतियोगिता हेरेका थिए। २० हजारभन्दा घण्टौं प्रत्यक्ष प्रसारण, पुनप्रसारण र हाइलाइटसँगै यो विश्वकप सबैभन्दा बढी हेरेको क्रिकेट प्रतियोगिता साबित भएको छ। २५ प्रसारणहरुले २ सयभन्दा बढी देशमा प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेका थिए।

आईसीसीले जनाएअनुसार सबैभन्दा बढी विश्वस्तरमा हेरेको खेल भारतविरुद्ध पाकिस्तानको थियो। यो खेललाई टीभीमा २७.३ करोड दर्शकले हेरेका थिए। यही दौरान ५ करोड दर्शकले डिजिटल प्लेटफर्ममा खेल प्रत्यक्ष प्रसारण हेरेका थिए।

यस्तै आईसीसीले जनाएअनुसार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल २ करोड ५३ लाख दर्शकले हटस्टारमा प्रत्यक्ष हेरेका थिए। यो डिजिटल प्लेटफर्ममा यो कीर्तिमानी संख्या भएको पनि आईसीसीले दावी गरेको छ।

यसैगरी इंग्ल्यान्ड र अस्टे«लियाबीचको सेमिफाइनल खेल सबैभन्दा बढी हेर्नेमा तेस्रो स्थानमा रहेको थियो।
ब्रिटेनमा भने सबैभन्दा दर्शक इंग्ल्यान्ड र भारतबीचको खेलमा पाएको थियो।

दोस्रो स्थानमा भारत र पाकिस्तानबीचको खेल रहेको थियो। समूह चरणमा इंग्ल्यान्डले भारतलाई हराएको खेल २००६ पछि सबैभन्दा बढी हेरिएको क्रिकेट खेल थियो।

 

प्रतिक्रिया दिनुहोस्