कराँते टोली मलेसियातर्फ



?

काठमाडौं, (नेस)।पाँचौं विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ।

यही असोज २ देखि ६ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्नेछन्। यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले ५० केजी तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने छन्।

यस्तै निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५ केजी, सुरज तामाङले ६५ केजी, सरोज कार्कीले ७५ केजी, सरलराज तामाङले ५५ केजी, करुणा कामीले ५० केजी, आरती गुरुङले ५५ केजी र सुमिना थापा मगरले ५० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

यसैगरी अफिसियलमा रोहित क्षेत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठ छन्। नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सुमन तिमल्सिनाले निर्वाह गर्नेछन्। टोलीलाई जापान गोजुरियो कराँते डो केन्बोकाइ संघका अध्यक्ष विदुर कुँवरले मंगलबार नै बिदाइ गरे।

 

 

प्रतिक्रिया दिनुहोस्