दलित जिउँदै जलाइए



लखनउ, (एजेन्सी)।भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक दलित युवकलाई कुटपिटपछि बाँधेर जिउँदै जलाएर हत्या गरेको छ।

यस घटनाको जानकारी पाए लगत्तै युवकका बिरामी आमाको पनि मृत्यु भएको बताइएको छ। प्रहरीले यस मामिलामा तीन जनालाई गिरफ्तार गरेको छ। घटनाका कारण प्रेम भएको बताइएको छ।

जुन घरमा उक्त युवकको हत्या भएको हो त्यही घरका एक युवतीसँग उनको प्रेम प्रसंग चलिरहेको प्रहरीले जानकारी दिए

। केही महिनाअगाडि उनीहरु भागेको तर केही समयपछि नै फर्केका थिए। प्रहरीले युवकका काकाको उजुरीमा पाँच जनाको पक्राउ आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्