केन्द्रमा विस्फोट



मस्को, (एजेन्सी)।एचआईभी र इबोलालगायतका रोगका घातक भाइरसका बारेमा अध्ययनरत रसियाको एक महत्वपूर्ण अनुसन्धान केन्द्रले आफ्नो एउटा भवनमा विस्फोटनपछि भएको आगलागीका कारण कुनै जैविक संक्रमणको खतरा नभएको मंगलबार जनाएको छ।

भेक्टोर सेन्टर साइबेरियाको नोभोसिर्विस्कनजिकको कोल्तसोभो शहरमा रहेको छ। ग्यास सिलिन्डर विस्फोटका कारण आगलागीमा परेको सो भवनमा कुनै जैविक अध्ययन तथा अनुसन्धान हुने गरेको सो केन्द्रले जनाएको छ।

रुसी समाचार निकाय इन्टरफ्याकसले ब्याक्टेरियाजन्य र जैविक हातहतियारविरुद्धको खोप पत्ता लगाउने हेतुले सन् १९७४ मा सो केन्द्रको स्थापना भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्