कास्मिरका पूर्वमुख्यमन्त्री पक्राउ बारे विवाद चर्कियो



नयाँदिल्ली, (एजेन्सी)।काश्मिरका भेटरान संसद् तथा पूर्वमुख्यमन्त्रीलाई विवादास्पद कानुनअन्तर्गत हिरासतमा राखिएको सम्बन्धमा भारतमा चर्को बहश शुरु भएको छ।

जन सुरक्षा कानुन (पीएसए) अन्तर्गत फारुक अब्दुल्लाहलाई अहिले हिरासतमा राखिएको छ।यस कानुनअनुसार जोसुकैलाई पनि बिना कुनै आधिकारिक अभियोग दुई वर्षसम्म हिरासतमा राख्न सकिन्छ।

यसअघि गत अगस्टमा कास्मिरले पाउँदै आएको विशेष राजनीतिक दर्जा खोसिनुअघि अन्य नेताहरुलगायत फरुकलाई पनि नजरबन्दी बनाइएको थियो।

उनलाई हिरासतमा राखिनुलाई सर्वत्र आलोचना गरिएको छ। चर्चित पत्रकार र राजनीतिज्ञहरुलगायत अन्य थुपै्रले सरकारको यस कदमलाई क्रुरताको संज्ञा दिँदै यसबाट खतरनाक परिपाटी बस्ने आशंका व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा टेलिभिजन कार्यक्रममा वरिष्ठ पत्रकार राजदिप सारदेसाइले भनेका छन्– ‘८१ वर्षीय राजनीतिज्ञ फारुक जन सुरक्षाका लागि खतरा बन्न सक्छन् भने सरकारले कुन आधारमा काश्मिर उपत्यकाको स्थिति सामान्य भइसक्यो भन्न सकेको होला?’

त्यसैगरी भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीआईएम) का नेता सीताराम सेन्चुरीले भारतलाई हरेक समय साथ दिँदै आएका फारुकलाई हिरासतमा लिने निर्णय कायरता भएको दाबी गरेका छन्।

त्यस्तै मुख्य विपक्षी कंग्रेस पार्टीका नेता सलमान खुर्सिदले पनि फारुकले एकता र अखण्डताका लागि समर्थन र सहयोग गर्दै आएको प्रतिक्रिया दिएका छन्।

तर दक्षिणी भारतीय राज्य तमिलनाडुका क्षेत्रीय नेता भाइकोले फरुकलाई अदालतमा पेश गरिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन हालेका छन्।उनले भारतको माथिल्लो सभाका सदस्य फारुक कहाँ छन् भन्ने सबैले चासो लिइरहेको पनि बताएका छन्।

सर्वोच्च अदालतले ३० सेप्टेम्बरभित्र सरकारलाई यसबारे प्रतिक्रिया दिन अनुरोध गरेको छ। यसअघि गृहमन्त्री अमित शाहले फारुकलाई हिरासतमा नलिइएको जानकारी संसद्लाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्