कास्मिरमा मलाला चिन्तित



लन्डन, (एजेन्सी)।नोबेल शान्ति पुरस्कारबाट सम्मानित तथा पाकिस्तानकी शिक्षा अधिकार अभियन्ता मलाला युसुफजाईले काश्मिरका विषयमा ट्विट गरेकी छन्।

उनले संयुक्त राष्ट्रसँग काश्मिरमा शान्ति ल्याउन र बालबालिकालाई पुन स्कुल पठाउने व्यवस्था सुनिश्चित गर्ने दिशामा काम गर्न अपिल गरेकी छन्।

गत अगस्ट ५ मा भारत सरकारले भारत अधिनस्थ काश्मिरको विशेष दर्जा दिने संवैधानिक प्रावधान अन्त्य गरेपछि उत्पन्न तनावका कारण स्कुलहरु बन्द रहेका छन्।

२२ वर्षीय मलालाले ४० दिनदेखि बच्चाहरु स्कुल जान नपाएको समाचारले आफू चिन्तित बनेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्