उनायचौरको ट्री–हाउसले पर्यटक आकर्षित



नेपाल समाचारपत्र, गुल्मी।गुल्मीमा पर्यटकीय गन्तव्य बनाउनको निम्ति ट्री–हाउस निर्माण गरिएको छ। जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा नगरपालिका–७ को उनायचौरमा सल्लाको रुखमा ट्री–हाउस निर्माण भएको छ।

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा उनायचौरमा ट्री–हाउससँगै पर्यटकीय पार्क बनाइएको हो।

नगरपालिकाले पर्यटक तान्न सल्लाको रुखबाट तम्घास बजारसँगै विभिन्न स्थानका दृश्य हेर्न सकिने गरी ट्री–हाउस र पार्क बनाएको छ।

सञ्चालनमा आएको १ महिनाको अवधिमा ट्रि–हाउसले जिल्लामा र जिल्लाबाहिर चर्चा कमाएको छ। सल्लाको रुखमा बनाइएको ट्री–हाउस हेर्नको निम्ति झण्डै एक महिनाको अवधिमा १५ हजारले भ्रमण गरेको समितिले बनाएको छ।

जिल्ला सदरमुकाम तम्घासबाट झन्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा केही धार्मिक मन्दिर मात्रै रहेका थिए। खाली चौरमा मन्दिरसँगै धार्मिक स्थलको रूपमा नगरले उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विस्तार गर्न पार्क र ट्रि–हाउस निर्माण गर्न जोड दिएको रेसुंगा नगरपालिका–७ का सदस्य रघुनाथ पन्थीले बताउनुभयो।

सल्लाको रुखमा फलामको सिँडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको रुख–घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका विभिन्न स्थल हेर्न सकिन्छ। रुखमै निर्माण गरिएको घर यस क्षेत्रकै नौलो स्वादको घर रहेको छ।

प्रस्तावित विमानस्थलको रूपमा चित्रित उनायचौरमा विमानस्थल नबनी अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्रि–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि उत्साहित भएका छन्।

विभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्री–हाउससँगै पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ।

हाल दैनिक १ सय जनासम्म ट्री–हाउस अवलोकन गर्नका निम्ति पुग्ने गरेका छन्। ट्रि–हाउस अवलोकनका निम्ति २० रुपियाँ लिने गरिएको छ।

वृद्धहरूको निम्ति निःशुल्क र विद्यार्थीका निम्ति छुटमा १० रुपियाँ शुल्क लिई अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ। उक्त स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ।

यसक्षेत्रमा रमाइलो दृश्यसहित निर्माण गरिएको ट्रि–हाउससँगै अरु विकासको पनि आवश्यक रहेको पर्यटकको जोड रहेको छ।

धार्मिक मन्दिरहरूसँगै नगरकै उत्कृष्ट पर्यटकीय पार्क ट्रि–हाउस र खेल मैदान बनाउनको निम्ति धेरै काम पूरा हुँदै गएको रेसुंगा नगरपालिका–७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेले बताउनुभयो।

नगरले बालकदेखि वृद्धसम्मलाई मनोरञ्जन लिने खालको पार्क र नगरकै उत्कृष्ट गन्तव्य बनाउन गुरु योजना बनाएर अगाडि बढाइने वडा अध्यक्ष पाण्डेयको भनाइ छ।

संरचना पूरा भएपनि अरु धेरै उत्कृष्ट संरचना तयार गरेर नगरकै उत्कृष्ट पर्यटकीय स्थल बनाउनको निम्ति काम अगाडि बढिरहेको वडा अध्यक्षले पाण्डेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्