एमबीबीएसको परीक्षाको मिति तोकियो



नेपाल समाचारपत्र, काठमाडौं। सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्टै चिकित्सा अध्ययन संस्थानले स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षाको नयाँ मिति तोकेको छ।

सर्वोच्चले परीक्षा रोक्न चिकित्सा शिक्षाअन्तर्गतका एमबीबीएस, बीडीएस, बीएनएस, बीएससी नर्सिङ, बीपीएचको प्रवेश परीक्षा असोज ३, ५, ६ र ७ गते हुने चिकित्शास्त्र अध्ययन संस्थानले जनाएको छ।

संस्थाननको सोमबार बसेको बैठकले मिति तयगरेको हो। यसअघि ती परीक्षा यही भदौ २१, २२, २३ र २४ गतेलाई तय भएको थियो।

छात्रवृत्तिको सम्बन्धमा भएको विवादपछि सर्वोच्चमा परेको रिटमा सुनुवाई गर्दै परीक्षा रोक्न संस्थानलाई अल्पकालीन अन्तरिम आदेश दिएपछि भदौ २१ गतेको प्रवेश परीक्षा रोकिएको थियो।

दुवै पक्षको छलफलपछि आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले छात्रवृत्तिका सम्बन्धमा अन्तिम सुनुवाइका क्रममा निर्णय गर्न उपयुक्त हुने भएकाले तत्काल प्रवेश परीक्षा नै रोक्नुपर्ने अवस्था नरहेको आदेश दिएको थियो।

परीक्षा एमबीबीएसमा करिब १८ हजारले प्रवेश आवेदन दिएका छन्। हाल त्रिविवि काठमाडौं विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबीबीएसको अध्ययन हुन्छ।

संस्थानले परीक्षामा कडा आचारसंहिता सार्वजनिक गरेको छ। परीक्षा शुरु भएको १५ मिनेट पछि केन्द्रमा प्रवेश गर्न नपाउने, परीक्षा नसकिए सम्म बाहिर निस्कन नपाउने, मोबाइल, क्याल्कुलेटर, ब्लुटुथ, आइप्याड, ट्याब्लोइड, इयरफोन, ल्यापटप जस्ता विद्युतीय उपकरणका ,गहना घडी र कलमसमेत ल्याउन नपाइने व्यवस्था गरेको छ।
संस्थानले पावरवाला बाहेकका चश्मासमेत जाँच गर्ने जनाएको छ। कुनै पनि किसिमको धातुले बनेको पदार्थ बेल्ट नलगाई आउन संस्थानले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्