पहिरोमा पुरिएर ४ बर्षीय बालकको मृत्यु



काभ्रेपलाञ्चोक। अबिरल वर्षासँगै खसेको पहिरोमा पुरिएर एक बालकको एक मृत्यु भएको छ । मण्डन देउपुर नगरपालिका ११ घर भई पाँचखाल नगरपालिका ४ जिरो किलोमा होटल ब्यवसाय गर्दै आएका टेक बहादुर लामाका ४ बर्सिय छोरा सदन लामाको पहिरोमा पुरिएर मृत्यु भएको हो । अरनिको राजमार्गमा पनि पहिरोले क्षती पुर्याएको छ ।

यस्तै दोलालघाट बजारमा बिजुलीका ५ वटा पोल ढलेको बताईएको छ । बिपि राजमार्ग अन्तर्गत लास्कोटमा क्रसरको पहिरोले सकड अबरुद्ध भएको छ  । अबिरल बर्षाका कारण यतिबेला यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्