सहकारीको सेफ चोर्ने पक्राउ



काठमाडौं, (नेस)।पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफसहित २ जनालाई काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ ठेगाना भएका सुनिल थापा मगर र सोही गाउँपालिका–७ का दानबहादुर थापा मगर रहेका छन्।

उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपियाँ र विभिन्न व्यक्तिका कागजातलगायतका महŒवपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल १ थान र नगद ५३ हजार रुपियाँसहित महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्