एक केजी सुनसहित पक्राउ



माछापोखरीबाट १ केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली कमला नगरपालिका घर भएका राजकुमार बम्जन रहेको प्रहरीले जानकारी दिएको छ।

सो स्थानमा सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको सुनसहित फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्