फेरि यस्ता घटना नदोहोरिऊन्



पर्यटनमन्त्रीले विमान उड्न ढिला गराएको नेपालगन्जको विषयले निकै चर्चा पाएको छ। एकपक्ष मन्त्री दोषी भएकाले कारबाही गर्नुपर्छ भनिरहेको छ भने अर्को पक्ष त्यसमा सवार यात्रुहरू त्यसमध्ये पनि ज्ञानेन्द्र शाही भनिने व्यक्ति दोषी रहेको टिप्पणी गरिरहेको छ।

अझ अर्को पक्ष विमानको सञ्चालक पक्षको दोष देख्छ। आखिर दोषचाहिँ कसको हो त ? यस विषयमा पर्गेल्ने हो भने यसमा सबै पक्षको दोष देखिन्छ। पहिलो त मन्त्रीले लामो समयसम्म विमान रोक्नुहुँदैनथ्यो।

यदि विमान रोकाउनै पर्यो भने पनि त्यहाँ विमान रोकिनुको कारणबारे पूर्वजानकारी दिइनुपथ्र्यो। पर्यटनमन्त्रीले पनि आफ्नो कारणले विमान रोकिन गएकोमा तत्काल हृदयदेखि नै माफी माग्नुपथ्र्यो।

त्यस्तै यात्रुपक्षले पनि विमानबाहिर आएर विवाद गर्नुहुँदैनथ्यो। यसपछि पनि काठमाडौंमा पत्रकार सम्मेलन हुँदाहुँदै आक्रमण हुनु झनै दुर्भाग्य हो। फेरि यस्ता घटना नदोहोरिऊन्।

– सरोज विष्ट,
नयाँ बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्