दिल चोर्ने माकुरी सार्वजनिक



गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँगीत सार्वजनिक भएको छ। गीतकार गुरुङकै युट्युब च्यानल भाव सागर इन्टरटेन्टमेन्टबाट दिल चोर्ने माकुरी बोलको गीत सार्वजनिक गरिएको हो।

मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली–२ का रूपमा दिल चोर्ने माकुरी तयार गरेको हो। मखमली चोली बोलको गीतले युट्युबमा ६५ लाख बढी भ्युज पार गरिसकेको छ।

दिल चोर्ने माकुरीमा राजन खतिवडाको संगीत रहेको छ। गीतमा दिल चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ। गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताइन्।

गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन्। सान थापाको निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। निकै सुन्दर लोकेसनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेस्ट्री निकै सुहाएको देखिन्छ।

राजीव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्