डेंगु परिक्षणको शुल्क एक हजार दुर्ई सय पुग्योे



यमलाल भुसाल, बुटवल । आफ्ना सदस्य प्रयोगशालाहरुलाई डेंगु परिक्षणमा एक हजार भन्दा बढी नलिन आह्वान गरेको मेडिकल ल्याब्रोरेटरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीले त्यसको केही दिन बित्न नपाउँदै २ सय रुपैंया शुल्क बृद्धि गरेको छ ।

यस अंगाडी मेलानले संस्थाले एक हजार रुपैंया शुल्क निर्धारण गरिएको उल्लेख गर्दै त्यो भन्दा बढी लिने प्रयोगशालाहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियो । त्यसको हप्तादिन बित्न नपाउँदै मेलानले डेंगुको परिक्षण गरेको शुल्कमा २ सय रुपैंया बृद्धि गरि १ हजार २ सय रुपैंया पुर्याएको हो ।

मेलान रुपन्देहीले डेंगु परिक्षण गरेको शुल्कमा एक रुपता कायम गर्न र निर्धारित १ हजार भन्दा बढी शुल्न नलिन आग्रह गरेलगत्तै संस्थाका सदस्यहरुको दवावमा केन्द्र, प्रदेश र जिल्ला समितिको बैठकले दुई सय रुपैंया शुल्क बृद्धि गरेको हो ।

मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले मेलानले २०७१ सालमा शुल्क निर्धारण गर्दा आईजीजी, आईजीएम मात्रै परिक्षण गरिने र अहिले एनएस वान एजी समेत परिक्षण गर्नुपर्ने भएकाले डेंगु परिक्षणको शुल्क बृद्धि गर्नु परेको बताउनु भयो ।

मेलानको केन्द्रीय प्रतिनीधि, प्रदेश प्रतिनीधि र जिल्ला प्रतिनीधिहरु बैठक बसेर शुल्कमा पुनरावलोकन गरिएको उहाँले बताउनु भयो । बैठकपछि मेलानका केन्द्रीय उपाध्यक्ष रमेश पाण्डे, केन्द्रीय सचिवालय सदस्य गुणानिधी खनाल, प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रुद्रबहादुर कार्की, रुपन्देही जिल्ला अध्यक्ष नारायण पौडेल र सल्लाहकार मनोज काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तीमा डेंगु परिक्षण गर्दा आईजीजी, आईजीएम र एनएस वान एजी परिक्षण गर्न र १ हजार २ सय रुपैंया भन्दा बढी नलिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्