बस दुर्घटनामा एक को मृत्यु, पाँच घाइते



न्युज अफ नेपाल, जुम्ला । जुम्लाको सिन्जाबाट सदरमुकाम खलाङ्गा बजार जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा जुम्ला जिल्ला सिन्जा गाउँपालिकाका नन्द बहादुर शाही रहेका छन् ।

जुम्ला र कालीकोटको सीमाना नजिक पर्ने कालीकोटको तिलगुफा भन्ने ठाँउमा ना ३ ख ७६६४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा सवार मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारि गाउँकी जुनमति रावत सोही गाउँ बस्ने लालदेवि रावल, जुम्ला जिल्ला चन्दनाथ नगरपालिकाका छाया उपाध्याय, गर्भ कन्य उपाध्याय र अछाम ढकेरी गाँउपालिकाकी डिल्ली भुल रहेकाछन् ।

घाईतेहरुको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा उपचार भई रहेको जिल्ला प्रहरी जुम्लाले जानकारी दिएको छ । घटनास्थलमा सञ्चारको पहुँच नभएको हुँदा अन्य थप जानकारी आउन बाँकी रहेको छ ।

जिल्लाबाट प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे र प्रहरी इन्सपेक्टर सहितको टोली घटनास्थलतिर गहिरहेको प्हरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्