संविधान दिवसको अवसरमा सेनाले गर्याे वृक्षरोपण



न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरचोकदेखि सुन्धारा नागस्थानसम्म सडकको पश्चिमतर्फ वृक्षरोपण गरेको छ ।

सेनाले संविधान दिवसको उपलक्ष्यमा सुन्धारा, भोटाहिटी, जमल हुँदै दरबारमार्ग महेन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षरोपण कार्यक्रम गरेको हाे । कपुर, पोयले र कल्की जातका करीब २५० वटा बिरुवा रोपिएको हाे ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना र वातावरण विभाग सहकार्यमा उपत्यकामा हरियाली विस्तार गर्ने उद्देश्यले शुरु भएको वृक्षरोपण कार्यक्रमलाई नेपाली सेनाले निरन्तरता दिँदै जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्