विप्लव समूहका जिल्ला सेक्रेटरी गुरुङ पक्राउ



सीताराम अधिकारी, धादिङ । प्रबिन्धित नेत्र विक्रम चन्द (विप्लव) नेकपाका जिल्ला सेक्रेटरी बुध्द गुरुङलाई प्रहरीले  प्रहरीले पक्राउ गरेको छ । उनलाई संगठित अपराध, विष्फोटक पदार्थ,अपराधिक उपद्र आदी पाँच मुद्दामा फरार अभियुक्त भन्दै आज (मंगलबार) बिहान पक्राउ गरेको छ ।

एनसेल टावरहरु विष्पोटन गराएको र सडकहरुमा बम विष्फोटन गराई मानिसलाई आंकित बनाएकोआरोप लागेका सिद्धलेक गाउँपालिका–५ निवासी गुरुङलाई प्रदेश–३–०२, ००७ प ०९२७ नम्बरको मोटरसाइकलमा धादिङबाट काठमाण्डौ जानेक्रममा धुनीबेसी नगरपालिका–९ पिपलमोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानाकारी दिनुभयो । गुरुङको साथबाट नगद १ लाख २१ हजार नगद र ५ थान मोबाइल समेत बरामद गरेको छ ।

नेकपा जिल्ला सेक्रेटरी गुरुङलाई ०७६ असार १० गते कालुपाण्डे मार्गमा विस्फोटक पदार्थ राखेको, ०७६ साउन १५ गते सिद्धलेक लेखाडाडामा रहेको एनसेल टावरमा बम विष्पोटन गराइ ध्वस्त पारेको, साउन १६ गते थाक्रे गाउँपालिका–३ मा राखिएको एनसेलको टावरमा विष्पोटन गराएको, ०७५ फागुन ११ गते थाक्रे गाउँपालिकाको मान्खुमा रहेको एनसेलको टावर विष्फोटन गराई ध्वस्त पारेको, र फागुन २५ गते कालुपाण्डे मार्गमा बम राखी आतंकित पारेको आरोपका मुद्दामा उनि फरार थिए ।

 

प्रतिक्रिया दिनुहोस्