कांग्रेस जिम्मेवार नभए लोकतन्त्र धरापमा



न्युज अफ नेपाल, हेटौंडा । नेपाली कांग्रेस प्रदेश–३ संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्र टिकाउन कांग्रेस जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

बानियाँले वर्तमान व्यवस्था टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने वर्तमान दुई तिहाइको कम्युनिष्ट सरकारको दम्भ र केही उद्धण्डका कारण लोकतन्त्र नै धरापमा पर्ने दाबी गर्नुभएको हो ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ (ख) को आयोजनामा दोस्रो जनजागरण अभियानअन्तर्गत् मंगलबार हेटौंडामा भएको अन्तत्र्रिmयामा नेता बानियाँले कम्युनिष्ट शासनको नेपाली कांग्रेसले दुई वर्षसम्म ‘पर्ख र हेर’ को सिद्धान्त अवलम्बन गर्दै सहेर बसेको तर अब यस्तै रवैया रहिरहे सशक्त प्रतिकार र खबरदारी गर्ने बताउनुभयो ।

नेता बानियाँले दोस्रो चरणको जागरण अभियानमार्फत् वर्तमान सरकारका नेताहरुले निर्वाचनका बेला गरेका प्रतिवद्धता र हाल गरिरहेको कामको बास्तविकताबारे जनतालाई जानकारी गराउँदै कांग्रेसले गरेका महत्वपूर्ण कामबारेमा टोलटोलमा पुगेर सुसूचित गराउन अगुवा नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा क्षेत्र नम्बर–१ को (ख) अन्तर्गत् हेटौंडाका १२ वटा वडाका सभापति एवम् प्रतिनिधिले कांग्रेसका नेताहरुले गुट÷उपगुट, झुण्ड र नाताबाद त्यागे कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका थिए ।

कांग्रेस मकवानपुर क्षेत्र–१ को (ख) का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षतामा भएको अन्तत्र्रिmयामा हेटौंडा–२, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ का गरी १२ वडाका सभापति तथा प्रतिनिधिले कम्युनिष्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पु¥याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्नेलगायत विषयमा सुझावसहित प्रतिवेदन बुझाएका थिए ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टी प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर–१ का सभापति दामोदर खनाल, क्षेत्र–१ (ख) का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघ केन्द्रीय सदस्य पवित्रा बिश्वकर्मा, ६ नम्बर वडा अध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघ सचिव निलम देबकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, नेतृ लक्ष्मी थिङले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा गर्नुपर्ने कार्यबारे सुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्