अंतरजातीय प्रेम गरेको भन्दै एक युवकलाई जलाएर मारियाे



न्युज अफ नेपाल, उत्तरप्रदेश ।  उत्तरप्रदेशको हरदोइमा अंतरजातीय प्रेम गरेको भन्दै एक जनालाई जलाएर मारिएको छ ।

एक एसपीका अनुसार अभिषेक उर्फ मोनू नाम भएका व्यक्तिलाई कुटियो। एउटा घरमा बन्धक बनाएर राखियो र जलाइयो।  एसपीले ती युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गए। त्यहाँबाट उनलाई लखनऊ रिफर गरियो। तर हस्पिटल नपुगी बाटैमा उनको मृत्यु भयो।

उनको मृत्युको खबर सुनेर उनकी आमाको पनि मृत्यु भएको परिवारका एक सदस्यले बताए। एसपीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रमिकालाई भेट्न गएको बताएका थिए।

मृतम मोनूका काका भन्छन्, ‘मोनू आफ्नी बिरामी आमा रामबेटीको उपचारको लागि २५ हजार लिएर आइरहेको थियो। परिवारसँग दुस्मनी भएका केही मानिसले उसलाई रोके। एउटा घरमा लिएर गए। उनीहरूले मोनूसँग पैसा खोसेर मोनूलाई जलाइदिए।’

एसपीले ५ जना विरुद्ध उजुरी दर्ता गरिएको जानकारी दिए। त्यसमा केटीको परिवारका २ जना २ छिमेकी र १ अन्य छन्।

उत्तर प्रदेशमा पिछडिएका वर्ग र दलितहरु र महिला सुरक्षित छैनन्न ।

एनडीटीभी इन्डिया

प्रतिक्रिया दिनुहोस्