एनआरएनए इटालीको अधिवेशन सम्पन्न,गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति



न्यूज अफ नेपाल, इटाली । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्यवय समिति इटालीको छैटौ अधिबेशन इटालीको पिसामा सम्पन्न भएको छ ।

अधिवेशन संघ अध्यक्ष दीपेश कुमार रेग्मीको सभापतित्व, इटाली समेत नियाल्ने स्विजरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीको विशेष आतिथ्यता रहेको थियो ।
एनआरएनए इटालीका महासचिब छबिलाल कँडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष मनोजकुमार कार्कीले स्वागत मन्तब्य र कोषाध्यक्ष अशोक उप्रेतीले आर्थिक प्रतिबेदन पेश गरे । संघका सल्लाहकार रिचार्ड भण्डारीले २०१७– २०१९ को कार्यकाल पूर्णरुपमा सफल रहेको बताए ।

सो अवसरमा राजदूत भट्टराईलाई इटालीबासी नेपालीको तर्फबाट एनआरएनए इटालीले स्वागत गर्नुका साथै नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीले नेपाली समुदायप्रति गरेको सहयोगको उच्च सम्मान गर्दै विशेष कदर पत्र प्रदान गरियो ।
एनआरएनए इटाली २०१७–२०१९ को तर्फबाट अध्यक्ष दिपेशकुमार रेग्मीले आफ्नो कार्यकाल बारेमा ब्रिफिङ गर्दै कार्यकाल सफल पार्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी र इटालीबासी नेपालीप्रति धन्यवाद ज्ञापन गरे ।

छैटौ अधिबेशन सफलताको लागि नेपाली एस्सो भेनिसको तर्फबाट प्रेसिडेन्ट राजन चापागाईं र एनआरएनए यूरोप संयोजक शिबकुमार बरुवालका शुभकामना शन्देश प्राप्त भएका थिए ।

सोही अवसरमा छैटौ अधिबेशनका निर्बाचन संयोजक दिवस रेग्मीले सर्बसहमतिबाट निर्बिरोध रुपमा २०१९–२०२१ का लागि देवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको अवगत गराए ।

नयाँ कार्यसमितिको आइसिसि सदस्यमा दिपेशकुमार रेग्मी, अध्यक्षमा देवराज गुरुङ, उपाध्यक्षमा इन्द्रप्रसाद सुबेदी र छबिलाल कंडेल चयन भएका छन् । त्यसैगरी महासचिवमा भबेशकुमार सिंह, कोषाध्यक्षमा अशोक उप्रेती, सचिवमा, सुदिप अधिकारी, महिला प्रतिनिधिमा भावा मल्ल, युवा प्रतिनिधिमा अर्जुन गौतम चुनिएका छनु । सदस्यहरुमा क्रमशः नारायण लामिछाने, कृष्ण सुबेदी र गुणराज अधिकारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्