बर्षाका कारण जिल्ला समन्वय समिति पर्वतको भवन भत्कियो



दुर्गा प्रसाद शर्मा,पर्वत । अबिरल बर्षाका कारण जिल्ला समन्वय समिति पर्वतको भवन भत्केको छ । सोमबार राती देखि परेको अविरल वर्षका कारण जमिन भासिएपछि भवत भत्केको हो । उक्त भवन गएको असार ७ गते पनि बर्षा कै कारण भत्केको थियो ।

असार ७ गते जिल्ला प्रशासन कार्यालय,विपद व्यवस्थापन समिति अन्तरगत संचालनमा आएको जिल्ला आपतकलिन कार्य संचालन उक्त भवन भत्केको थियो । गएररातीको अविरल वर्षको कारण त्यस संगै जाडिएको अर्को कोठा फेरी भत्कीएको छ ।

उक्त कोठामा स्टोर गरिएका गैची वेल्चा लगायतका सामाग्री पूरिएको लेखापाल भिमबहादुर रेग्मीले जानकारी दिनुभयो । उक्त कोठा पहिले देखि नै ढल्किएको थियो ।

जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले भवन पूराना र पानीको उचित निकास नभएकाले भत्कदै गएको वताउनुभयो । भासिएको भवन निरीक्षणका लागि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा पनि पुग्नुभएको थियो ।

 

भवन क्षेत्रमा जम्मा हुने पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने,भासीने गरेकाले त्यसको उचित निकासका लागी व्यवस्था गर्न सुझाब दिनुभएको थियो ।

भवन भत्कदै जान थाले पछि जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलको अध्यक्षतामा भदौ २५ गते वसेको जिल्ला सभाले तत्कालिन जिल्ला विकास समिति पर्वतले हस्तान्तरण गरेको संचित कोष ५ करोड ६१ लाख ६८ हजार ५ सय लाई विनियोजन गर्दै २ करोड ६१ लाख ६८ हजार ५ सय जिल्ला समन्वय समितिको अत्याधुनिक भवन निर्माण गर्न वजेट विनियोजन गरेको छ ।

जस्ले गर्दा कच्चि भवन हटाएर पानीको निकास सहितको भवन निर्माण पछी उक्त स्थानमा भवन भत्कने क्रम रोकिने वताईएको छ ।अन्य वाकी रकम दामासाहीले ७ वटा पालिकालाई विनियोजन गरिएको छ ।

जिल्ला सभाले समन्वय समितिको भवन निर्माण सगै कुश्मा नगरपालिकाको प्रशासकिय भवन निर्माण गर्नका लागी समेत उक्त जग्गा दिने निर्णय गरेको छ ।

कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले उक्त जिल्ला सभाको निर्णय वमोजिम कुश्मा नगरको भवनका लागि छिट्टै डिपिआर तयार गरि भवन निर्माणको कार्य अगाडी वढाउने वताउनुभयो

प्रतिक्रिया दिनुहोस्