श्रीगणेश च्याम्पियन



काठमाडौं, (नेस) ।श्री गणेश स्कुलले प्रथम बीबीबीएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आईतवार भएको फाईनल खेलमा श्री गणेशले पञ्चकन्या स्कुललाई १–० गोल अन्तरले हराँउदै च्याम्पियन बन्यो ।

बिजेता टिमका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए । तेश्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआईएलाई टाईब्रेकरमा ५–४ गोलले हरायो ।

प्रतियोगितामा सेन्ट जेभियरका प्रितम लामाले सर्वोकृष्ट खेलाडीको उपाधि जिते । श्री गणेशका संजिब तामाङ ४ खेलबाट ७ गोल गदै हाईस्कोरकर्ता घोषित भए ।

पञ्चकन्याका अनिल गुरुङ बेष्ट किपर चुनिए । बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) को आयोजनामा संचालन भएको प्रतियोगितामा २४ छात्र टिमको सहभागिताको थियो ।

प्रतिक्रिया दिनुहोस्