ताम्रकार फूटसलको चौथो संस्करण हुँदै



नेपाल समाचारपत्र, काठमाडौं। ताम्रकार समाजले विगत तीन वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको चौथो संस्करण यही आश्विन ४ गते र ११ गते आयोजना हुने भएको छ।

सानेपास्थित फिल्ड फूटसल ग्राउण्डमा हुने प्रतियोगितामा ललितपुरका विभिन्न समाजका खेलाडीहरुको सहभागी रहनेछन्। यस प्रतियोगिताको लागी थापाथली स्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गर्नेछ।

प्रतियोगितामा विभिन्न आठवटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन। प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ६० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन।

टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के.सुन चांदी पसल, भैरवनाथ आइरण इण्डष्ट्री, दिल ह्याण्डीक्राफ्ट, करुणामय मेटल क्राफ्ट, ताम्र मेटल वर्क, गेन्ज ग्यारेज, ओरियन इलेक्ट्रीकल, टेकम्याकस टाइगर रहेका छन।

करुणामय मेटल क्राफ्ट गत संस्करणका विजेता हुन। विजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगिताका लागी करीब साढे चार लाख जति खर्च लाग्ने अनुमान छ।

ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच लगायतका कार्यहरु भइसकेका छन।

उक्त प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्ने छन। खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिनेआयोजकले जनायो।

प्रतिक्रिया दिनुहोस्