चोकोफन रोल्स बजारमा



सुजल फुड्सले हालै वफर रोल्सअन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। चोकोफन रोल्स नेपालमै पहिलोपटक उत्पादन भएको बेक्ड वाफर रोल्स हो।

सुजल फुड्सका अनुसार यो रोल्सको बाहिरी भाग अत्यन्तै क्रिस्पी छ र भित्री भाग क्रिमी रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृस्ट र स्वादिस्ट रहेको फुड्सले दावी गरेको छ।

चोकोफन रोल्स स्टेबेरी, भनिला र कोकोनटको स्वादमा उपलब्ध रहेको छ। फुड्सका अनुसार यस चोकोफन रोल्स, क्रन्ची वाफर र स्वादिस्ट फ्लेभर युक्त क्रिमको समिश्रण भएकाले यो खाँदा मुखमा नै क्रिम पग्लिन्छ।

चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिनाभित्र उपभोग गर्न मिल्दछ। १०० ग्रामको बक्सको चोकोफन रोल्स मात्र १२० रुपियाँमा बजारमा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्