सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मिट सम्पन्न



सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढी एजेन्टको सहभागिता रहेको थियो।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायतका व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।

सिटी एक्सप्रेसले १३ वर्षदेखि विश्वभरीका रेमिट एजेन्टबाट ७ हजारभन्दा बढी नेपाली एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्