सिटिजन्स बैंकको सेवा सुनकोशी गाउँपालिकाको खाल्टेमा



सिटिजन्स बैंक इन्टरनेसनलले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा १०१अँैं शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी र्कीतिमान नेपालीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सोही अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनलले अमारे माध्यमिक विद्यालयलाई चार थान कप्युटर प्रदान गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल ८२ वटा शाखा, ७९ वटा एटीएम र १०१ वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्