उच्च हिमाली बस्तीमा वाणिज्य बैंकको शाखा



राष्ट्रिय वाणिज्य बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– १ धाँे मा शाखा सञ्चालनमा ल्याएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयुक्त रूपमा बैंकको २ सय ३८औं शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो।

बैकको ५ नम्बर प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यस्तै डोल्पाकै छार्काताङसोङ गाउंँपालिका– ४ स्थित बैंकको २ सय ३७औं शाखा कार्यालयले पनि कारोबार शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्