डेंगु नियन्त्रण गर्न डेंगु प्रतिरोधी लामखुट्टेको विकास



हनोई, (एजेन्सी)। दक्षिणपूर्वी एसियाली देश फिलिपिन्स, भियतनाम, मलेसिया, म्यान्मार र कम्बोडियामा डेंगुका कारण स्थिति भयावह बनेको छ। विशेषज्ञले यसका लागि बढ्दो तापमान र रोकथामका लागि पर्याप्त उपाय नहुनुलाई जिम्मेवार मानेका छन्।

यसबीच वैज्ञानिकहरुको एक समूह लामखुट्टेबाट फैलिने रोगमध्येको एक डेंगुसँग लड्न डेंगु–प्रतिरोधी लामखुट्टे विकास गर्ने सोधमा लागिरहेका छन्। यसको उपलब्धीसँगै यस रोगमाथि विजय पाउन सक्षम हुने अपेक्षा गरिएको छ।

यसका लागि ९ देशमा परीक्षण पनि गरिएको छ र यसको राम्रो परिणाम देखिएको छ।लामखुट्टेबाट फैलिने संक्रमण रोक्न वैज्ञानिकहरु वल्र्ड मस्क्विटो प्रोग्राम (डब्ल्युएमपी) अन्तर्गत काम गरिरहेका छन्।

भाले तथा पोथी एडिज (डेंगु फैलाउने ) लामखुट्टेलाई जंगलमा छोड्नुअगाडि रोग प्रतिरोधी ब्याक्टेरिया वोल्बाचियाबाट संक्रमित गराइनेछ।

केही हप्तामा ती लामखुट्टेबाट वोल्बाचिया ब्याक्टेरियासहितको लामखुट्टे जन्मिनेछ, जसले रोग प्रतिरोधकका रूपमा काम गर्नेछ।

यसबाट डेंगु मात्र नभएर जाइका, चिकनगुनिया र कामजरोजस्ता रोगबाट पनि बचाउन सकिने बताइएको छ।पहिलोपटक उत्तरी अस्ट्रेलियामा यसको परीक्षण गरिएको थियो।

भियतनाममा डब्ल्युएमपीको परियोजना संयोजक गुएन बिन्ह गुयेनले वोल्बाचिया ब्याक्टेरियायुक्त लामखुट्टे छाडिएपछि डेंगुको मामिलामा कमी आएको जानकारी दिए।

गुएनको टोलीले दक्षिण भियतनामको डेंगुपीडित जिल्ला विह्न लुओंगमा करिब डेढ लाख वोल्बाचिया संक्रमित लामखुट्टे छोडिएका थिए। विह्न लुओंगमा डेंगुको मामिलामा ८६ प्रतिशतको कमी आएको छ।

यस खोजलाई लिएर एक महिलाले यसलाई आफूलाई राहतको खबर भएको बताइन्। सन् २०१६ मा मेरा दुई बच्चालाई डेंगु भएको थियो। अहिले ७० देखि ८० प्रतिशत सुरक्षित महशुस गरेको छु।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार यो वर्ष दक्षिण पूर्वएसियामा मात्र डेंगुको करिब ६ लाख ७० हजार रोगी भेटिएका थिए। त्यसमा १ हजार ८ सयको मृत्यु भयो।

यस वर्षको स्थिति अत्यन्तै खराब भएको विशेषज्ञहरुले बताएका छन्। डेंगुको एक मुख्य कारण गर्मी बढ्नु हो। विश्वभरि जुलाइमा अत्यन्त गर्मी रह्यो।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका हायक प्रोफेसर राचेल लोबेका अनुसार गर्मी मौसम डेंगुका लागि उपयुक्त हुन्छ।

वोल्बाचियाको खोज सताब्दीअगाडिवैज्ञानिकले सन् १९२० मा वोल्बाचिया ब्योक्टेरियालाई हार्वर्ड युनिभर्सिटीका ड्रेनेज सिस्टममा रहेका लामखुट्टेमा पत्ता लगाएका थिए। सिंगापुर र मलेसियामा अहिले पनि भाले लामखुट्टेमा वोल्बाचिया ब्याक्टेरियाको प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्