नेपालको विभिन्न ठाउँमा बनेको मुढा तिब्बतमा



रसुवा, (नेस)।नेपालको विभिन्न कारागारका कैदीले उत्पादन गरेका मुढा चीनको चिब्बतमा निर्यात भइरहेको छ। केन्द्रीय कारागारबाट संकलन गरिएको ४९ हजार ४ सय ५१ वटा बाँसको मुढा ल्हासा, सिगात्से, ल्यालमर र घिङ्ग्रीसम्म पुग्ने गरेको छ।

चालू आव ०७५/०७६ मा बाँसको मुढा निर्यातबाट करिब १ करोड २३ लाख ६२ हजार ७ सय ५० राजस्व उठेको छ। वर्षेनी तिब्बतमा बाँसबाट बनेका मुढाको मागसमेत बढेको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेका वरिष्ठ बाली संरक्षण अधिकृत कुलदीप घिमिरेले जानकारी दिनुभयो।

बाली संरक्षण अधिकृत घिमिरेका अनुसार क्वारेन्टाइन चेकपास्ट टिमुरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३–०७४ मा ३० हजार ५ सय ५० गोटा मुढा रसुवागढी नाका हुँदै चनको तिब्बतमा निर्यात भएको थियो। यस नाकाबाट बाँसको मुढा, काठको टेबल, नांलो, बोधिचित्तको माला, धुपदानी र अम्रिसोको कुचोलगायतका वस्तु निर्यात भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्