भीरबाट लडेर बालिकाको मृत्यु



बैतडी,(नेस)।घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहरा रहेकी छन्।

बालिकाको सोमबार स्थानीय छोटेधार थाँचर भीरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिका–८ का वडाअध्यक्ष कर्णबहादुर ऐरले जानकारी दिनुभयो। मृतक बालिका शिवलिङ अधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।

प्रतिक्रिया दिनुहोस्