जबरजस्ती करणी मुद्दाका फरार तीन वर्षमा पक्राउ



विराटनगर, (नेस)। तीन वर्षअघि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

२०७३ साल असोज १० गते मोरङको कटहरी गाउँपालिका–२ स्थित रीतादेवी मण्डलको घर कोठामा एक १५ वर्षीय बालिकालाई बोलाई मोरङ जिल्ला कटहरी गाउँपालिका–२ बस्ने वर्ष २३ का सुरजकुमार मण्डलले जबरजस्ती करणी गरेका थिए।

घटनापछि फरार रहेका रीतादेवी मण्डल र सुरज कुमारलाई उनीहरूकै घर नजिकै लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्