पुनर्निर्माणको गुणस्तरमा ध्यान दिन आग्रह



;Dkbfsf] k’glg{df{0f ;’:t ultdf e”sDkn] Iflt ePsf eQmk’/ bf/af/ If]qsf k’/ftflTjs / P]ltxfl;s dxTjsf ;Dkbfx?sf] k’glg{df{0f ;’:t ultdf x’Fb} . tl:a/ M nIdL uf?, eQmk’/, /f;;

नेपाल समाचारपत्र, काठमाडौं।पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनस्र्थापना गरिएको छ।

गजूर पुनस्र्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्यान्डका राजदूत भकाभत तानस्कुललगायतले मन्दिरको अवलोकन गर्नुभयो।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरूको काठमाडौं विश्व विद्यालयको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ। विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ।

विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ।

सन् १८१८ मा रानी ललितत्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन्। यसैबीच प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन गर्नुभएको थियो।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रवलीकरणको काम भइरहेको छ। प्रवलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ। त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवन भत्काइँदै छ।

स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ। रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ।

प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्