सुटिङमा सल्युट



चलचित्र विकास बोर्डअन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिको निर्माणमा लघु फिल्म सल्युट बन्ने भएको छ। गत शुक्रबार शुभमुहूर्त गरिएको फिल्म हाल छायांकनमा रहेको छ।

नयाँ पुस्ताका महिला फिल्मकर्मीको सहभागिता रहेको सल्युटमा फिल्मसम्बन्धी अध्यापन गराइने ओस्कार इन्टरनेसनल कलेज, नेपाल

फिल्म एकेडेमी, एभरेस्ट फिल्म एकेडेमी, आभाषलगायतमा अध्ययन गरेका र स्वतन्त्ररूपमा फिल्म क्षेत्रमा काम गर्न इच्छुक महिला फिल्मकर्मीको सहभागिता रहेको छ।

पारिवारिक कथामा आधारित फिल्ममा करियरप्रति आपसी प्रतिस्पर्धाको विषय उठाइएको छ। फिल्ममा आसुका अर्याल, अम्बिका भण्डारी, मेरोन राजभण्डीको निर्देशन रहनेछ भने कथा पटकथा र संवाद सबु सुवेदीको रहेको छ।

सञ्जिता लामा र प्रिया राजकर्णिकारको छायांकन रहने फिल्ममा मनीषा धमलाको सम्पादन रहनेछ। फिल्ममा मोहन राई, सेसुका राई, वसन्तराज रिजाल, चन्द्रा थापा, थमान सिंह पुर्जा पुन, विष्णु ठकुरी, ओमकृष्ण भण्डारी, समीर नेपाल, सागर रौनियारलगायतको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्