हुम्लामा समातिए विद्यार्थी नेता



हुम्ला, (नेस)। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक विद्यार्थी नेतालाई प्रहरीले हुम्लाको सदरमुकाम सिमकोटबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामकृष्ण घर्तीमगरले जानकारी दिनुभयो। पक्राउ पर्ने रावत हुम्ला जिल्ला ताँजकोट गाउँपालिका–५ निवासी भएको बताएका छन्।

रावतलाई सरकारी कार्यालय तथा गाउँपालिकामा चन्द सहयोगका लागि लेटरप्याड दिँदै गर्दा प्रहरीले सिमकोट बजारबाटै नियन्त्रणमा लिएको जनाएको छ।

गाउँपालिका र सरकारी कार्यालयमा लेटरप्याट दिँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। रावतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको छ।

अखिल क्रान्तिकारीले भने पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खोजेको भन्दै विरोध जनाएको छ।

प्रतिक्रिया दिनुहोस्