नायब सुब्बाविरुद्ध विशेषमा मुद्दा



काठमाडौं, (नेस)।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलंकीका नायब सुब्बा ईश्वरीप्रसाद पोखरेललाई घूस लिएको अभियोगमा विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ।

आयोगको कार्यालयबाट गएको टोलीले उनलाई सेवाग्राहीसँग नगद २ हजार घूस लिएको अभियोग पक्राउ गरेको हो। पोखरेलले काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्ने गरेको पाइएको छ।

उनले लेखापढी व्यवसायी विश्वम्भर मैनाली र इन्द्रावती खत्रीसँग मिली सेवाग्राहीसँग घूस माग्ने गरेको पाइएको हो।
आयोगले पोखरेलबिरुद्ध बिगोबमोजिमको कारबाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।

यस्तै मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग छिटोछरितो रूपमा काम गर्ने भनी घूस रकम लिइरहेको अवस्थामा पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग छिटोछरितो काम गर्ने भनेर एक हजार घूस लिएको पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्