मानिसका दुई गल्तीहरु केके हुन् ?



न्युज अफ नेपाल, काठमाडौं । चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा मानिसका दुई गल्तीहरुको बारेमा बताइएको छ । जुन गल्ती गर्दा कुनै पनि मानिसको जीवन पुर्ण रुपले पतन हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले हरेक मानिसहरु यी २ गल्तीबाट बच्न भनेका छन् । जुन मानिसले बिना सोच-बिचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती व्यक्तिहरु सम्हालेर रहनुपर्छ ।

(अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।
आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति।।१९।।)

चाणक्य नीतिको यस श्लोकमा भनिएको छ कुनै पनि काम गर्दा सधै सोच( बिचार गरेर मात्रै गर्नुपर्छ । बिना सोच-बिचार खर्च गर्ने अनाथ बन्छ , अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ भनेर चाणक्य नीतिमा भनिएको छ ।

चाणक्य नीतिमा झगडालु तथा सबै जातकी स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्तिको पनि चाडै पतन हुन्छ भनेर दोस्रो गल्तीको बारेमा भनिएको छ । यसको मतलब नचाहिदो खर्च गर्नेवाला जसको कोहि पनि आफ्नो छैन , जो झगडालु स्वभावको छ र स्त्रीहरुको पछि लाग्छ, यस्तो व्यक्तिको शीघ्र नै पतन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्