विप्लव समूहका एक विद्यार्थी नेता पक्राउ



न्युज अफ नेपाल, हुम्ला। प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना विद्यार्थी नेतालाई प्रहरीले हुम्लाको सदरमुकाम सिमकोट बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक नेता उपेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नावय उपरिक्षक रामकृष्ण घर्तिमगरले जानकारी दिनु भयो ।

पक्राउ पर्ने रावत हुम्ला जिल्ला ताँजकोट गाउँपालिका वडानं ५ निवासी भएको बताएका छन् । रावत लाई सरकारी कार्यलयहरु गाउँपालिकाहरुमा चन्द सहयोगको लागि लेटरप्याट दिँदै गर्दा प्रहरीले सिमकोट बजारबाटै नियन्त्रणमा लिएको जनाएको छ । गाउँपालिका र सरकारी कार्यलयमा लेटरप्याट दिँदै गरेको गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ ।

रावत लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको छ । अखिल क्रान्तिकारीले भने पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खाजेको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्